2 years ago
March 13, 2023
एजेन्सी – नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मलित टोली प्रेसिक केडिराले इन्डोनेसियाको लिगा १ मा आइतबार विजय हासिल गरेको छ । प्रेसिकले घरेलु मैदानमा अंक तालिकाको तेस्रो स्थानमा रहेको रोहितको पूर्व क्लब पर्सिजा जाकार्तालाई २–० ले हराएको थियो ।
यसै सिजन प्रेसिकमा आबद्ध भएका रोहितले पूर्व क्लबविरुद्ध पूरा समय मैदानमा बिताएका थिए । टोलीलाई जित दिलाउन अल हर्मा हेहानुसा र मोहम्मद खानाफीले गोल गरेका थिए । हेहानुसाले १० औं र खानाफीले ७५ औं मिनेटमा गोल गरेका थिए । जितपछि प्रेसिक ३२ अंकका साथ १५ औं स्थानमा छ । १८ टोलीको सहभागिता रहेको लिगा १ मा प्रेसातुन ६० अंकका साथ शीर्षस्थानमा रहेको छ । पर्सिजाको ५१ र दोस्रो स्थानको पर्सिबको ५२ अंक छ ।
सिजनको सुरुवातमा लगातार खराब प्रदर्शनबाट गुज्रिएको प्रेसिकले पछिल्लो समयमा भने लगातार जित निकाल्दै आएको छ । टोलीले लगातार पाँचौं जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ । सिजनमा २९ खेल खेल्ने क्रममा प्रेसिकले ८ जित ८ बराबरीब १३ खेलम हार बेहोरेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]