default_image

2 years ago

March 13, 2023

किरण आइ लिगको उत्कृष्ट गोलकिपर चुनिए

361 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ हिरो आइ लिग २०२२/२३ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । आइ लिगको समापनमा आइतबार राउन्ड ग्लास पन्जाबका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो ।

सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए । सन् २०१८ मा माल्दिभ्सबाट टिसी स्पोर्टसलाई त्यहाँको लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलका किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

किरण सम्मलित टोली राउन्ड ग्लास पन्जाब यसअघिको खेलमा नै विजयी हुँदै आइ लिग च्याम्पियन बनेका थियो । च्याम्पियन पन्जाब इन्डियन सुपर लिग (आइएसएल) का लागि छनोट भइसकेको छ । अन्तिम खेलमा पनि आइतबार जित हासिल गर्दै पन्जाबले ५२ अंकका साथ यो सिजनको अन्त्य गरेको छ ।

पन्जाबले टिडिम रोड एथलेटिक युनियन एफसी (टिआरएयू) लाई २–० ले हराउँदा किरण भने टोलीमा थिएनन् । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका माज्केनले ३६ औं र ४९ औं मिनेटमा गोल गरेका थिए । २२ खेलमा १६ खेल जितेको पन्जाबले ४ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो ।

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

February 24, 2025

अस्ट्रेलियामा सगरमाथा जिएनसी लिग च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]

February 24, 2025

आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]

Success

Thank you for your time.