default_image

2 years ago

March 12, 2023

आर्मी र एनआरटीको रोमाञ्चक बराबरी

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब न्यूरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेल्दै अंकका बाँडेका छन् ।

आर्मी र एनआरटीले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा आइतबार भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले गोल गरे । एनआरटीका लालनुन्जामाले दुई तथा जिन एनिसेट एमबोउमीले गोल गरे ।

एक समय आर्मीले १–० को अग्रता लिएपनि दोस्रो हाफमा ३–१ ले पछि परेको थियो । तर, त्यसपछि आर्मीले पूनरागमन गर्दै १ अंक खोस्दै लिगमा अपराजित रहन सफल भयो । एनआरटीले भने पछि परेर अग्रता लिनुका बावजुत त्यसलाई जोगाउन नसक्दा लिगमा जित निकाल्न सकेन ।

खेलको १५औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । ५२औं मिनेटमा गोलरक्षक विकेश कुथुको फितलो किपिङमा लालनुन्जामाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए । गोललाइनमा युद्ध शाहीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

५७औं मिनेटमा जिन एनिसेट एमबोउमीले पेनाल्टीमा गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । विकास खवासले पेनाल्टी बक्समा कृतिश रत्न छुन्जुलाई लडाएपछि एनआरटीले पेनाल्टी पाएको थियो ।

६२औं मिनेटमा लालनुन्जामा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एनआरटी खेलमा ३–१ ले अघि बढ्यो । ६८औं मिनेटमा सुदिल राईले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याउदै आर्मीलाई खेलमा फर्काउने संकेत दिए । ८६औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै अपराजित रहेको आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ । पहिलो अंक बटुलेको एनआरटीको ३ खेलबाट १ अंक छ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.