default_image

2 years ago

March 12, 2023

मनाङ र मछिन्द्रको बराबरी

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले सहदि स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । मनाङ र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको दोस्रो मिनेटमा विमल घर्तीमगरको पासमा पुजन उपरकोटीको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहारलाई मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले पञ्च गर्दै बचाए ।

सातौं मिनेटमा उत्सव राईको कमजोर क्लियरेन्सलाई विसन गुरुङले नियन्त्रणमा लिदै गरेको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले नियन्त्रणमा लिए । ३२औं मिनेटमा देवेन्द्र तामाङको करिव ३५ यार्ड टाढको फ्रिकिकालाई मनाङका गोलक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिए ।

३८औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा विमल घर्तीमगरको हडेर पोस्ट नजिकैबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा कप्तान रन्जितकै कर्नरमा विमलको हेडर सदुपयोग हुन सकेन ।

७३औं मिनेटमा छिरिङ गुरुङको क्रसमा विजय भुजेलको हेडरमा विमल घर्तीमगरले गरेको प्रहार बाहिरियो । ८१औं मिनेटमा सौरभ लिम्बुको प्रहार बाहिरियो । ९०औं मिनेटमा ओमोलाजा करिमको प्रहार पोस्टमा लागेर फर्किदा मछिन्द्र जितबाट वञ्चित बन्यो ।

यस बराबरीसँगै यसअघिको लगातार दुई पटकको च्याम्पियन मछिन्द्रले यो सिजनमा पहिलो अंक बटुलेको छ । मछिन्द्रले ३ खेलबाट १ अंक जोडेको छ । मछिन्द्र पहिलो खेलमा जावलाखेलसँग ३–१ ले तथा आर्मीसँग २–० ले पराजित भएको थियो । अपराजित मनाङको ३ खेलबाट ५ अंक पुगेको छ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.