2 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवप्रवेशी चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पालाई १-० ले पराजित गर्दै चर्च ब्वाइजले शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको हो । चर्च ब्वाइजको जितमा आशिष चौधरीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।
खेलको २० औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट एरिक विष्टले दिएको लामो पासलाई आशिषले उत्कृष्ट नियन्त्रणका साथ पेनाल्टी क्षेत्रभित्र पस्दै फिनिस गरेका थिए । त्यसअघि खेलको पाँचौं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टको प्रहार शेर्पाका अमृत श्रेष्ठले विफल पारेका थिए ।
२३ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको प्रहार शेर्पाका गोलरक्षक विवश चौधरीले रोक्दा अग्रता दोब्बर गर्ने अवसर गुमायो । खेलको ३७ औं शेर्पाका सत्यम शर्माको फ्रिकीक गोलरक्षक एभ्स प्रिसोले बचाएपछि पोष्टमा लाग्दै बाहिरिएको थियो । ४४ औं मिनेटमा चर्च ब्वाइजका आकाश चापागाइको प्रहार बारको माथिबाट बाहिरिंदा अग्रता दोब्बर पार्ने अवसर गुमाउन पुग्यो ।
६२ औं मिनेटमा शेर्पाका अमृत श्रेष्ठको हेडर गोलरक्षक प्रिसोले रोके। खेलको ६५ औं मिनेटमा चर्चब्वाइजका अशिष चौधरी वन भर्सेस वनमा गोल गर्ने चुक्दा चर्च ब्वाइज अग्रता दोब्बर बनाउन चुक्यो । खेलको ७६ औं मिनेटमा शर्पाका सत्यमको प्रहार गोलरक्षकले रोक्दै बराबरीको गर्ने अवसर दिएनन् ।
यस जितसँगै चर्च ब्वाइजले ३ खेलमा ९ अंक जोडेको छ । शेर्पा भने ३ खेलमा ४ अंक जोड्दै मध्य तालिकामा छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]