2 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको हो ।
एफसी खुमलटारलाई २–० ले पराजित गर्दै थ्री स्टारले लिगमा पहिलो जित दर्ता गरेको हो । यसअघि थ्री स्टार पहिलो खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग २–० ले पराजित हुँदा फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा थ्री स्टारको जितमा अजायी मार्टिन्सले दुवै गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
प्रतिस्पर्धात्मक खेलको ५३औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाए । त्यसपछि ८३औं मिनेटमा मार्टिन्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो जित दिलाए ।
यस जितसँगै थ्री स्टारले ३ खेलबाट ४ अंक बटुलेको छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलबाट ३ अंक छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई १–० ले पराजित गर्दा दोस्रो खेलमा चर्च ब्वाइजसँग ३–१ ले पराजित भएको थियो ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]