2 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।
आर्मीले मछिन्द्रलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा आर्मी संकटासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा बिहीबार भएको खेलमा आर्मीको जितमा दीपक गुरुङ र कप्तान नवयुग श्रेष्ठले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ४८औं मिनेटमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । ५९औं मिनेटमा कप्तान नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।
यस जितसँगै आर्मीको दुई खेलबाट ४ अंक पुगेको छ । लगातार दोस्रो हार बेहोरेको साविकको विजेता मछिन्द्रले अंकको खाता खोल्न सकेको छैन ।
जावलाखेलसँग ३–१ ले पराजित भएपछि लिगमा मछिन्द्रको अपराजित यात्रा २०औं खेलमा टुंगिएको थियो । वि.स. २०७६ को लिगमा हिमालयन शेर्पासँग सातौं राउन्डमा २–० ले पराजित भएयता मछिन्द्र लिगको १९ खेलसम्म अपराजित रहेको थियो । जसमा १७ जित र २ बराबरीको नतिजा थियो ।
शेर्पासँगको हारपछि मछिन्द्रले त्यसपछि सबै ६ खेलमा जित निकाल्दै लिग च्याम्पियन बनेको थियो । गत वर्ष मछिन्द्रले १३ खेलमा ११ जित र २ बराबरीसहित अपराजित रहेर केवल दुई गोल खाँदै लिग च्याम्पियन बन्न सफल भएको थियो । तर, यसपटक मछिन्द्रले लगातार सुरुवाती दुई हार बेहोरिसकेको छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]