default_image

2 years ago

March 9, 2023

जावलाखेलकाे लगातार दाेस्राे जित

264 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले एनआरटीलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो । यसअघि जावलाखेलले लिग च्याम्पियन मछिन्द्रलाई ३–१ ले पराजित गरेको थियो ।

जावलाखेलको जितमा कप्तान सिमन्त थापा र फोडे फोफानाले गोल गरे । एनआरटीका सन्जित विष्टले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

६८औं मिनेटमा कप्तान सिमन्त थापाले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए । अब्दुल अजिजको फ्रिकिकमा पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई सिमन्तले नियन्त्रणमा लिदै सुन्दर फिनिस गरे ।

७७औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । जन्मजय धामीबाट बल खोस्दै समिराज थोकरले दिएको पासलाई अनमार्क रहेका फोडेले सहजै गोल गर्न सफल भएका थिए ।

८०औं मिनेटमा परिवर्तित खेलाडी सन्जित विष्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । लालनुन्जामाले दिएको पासलाई सन्जितले दुई डिफेन्डरबीचबाट बल अघि बढाउँदै पहिलो बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल जावलाखेलले आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै जावलाखेलको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार दोस्रो हार बेहारेको एनआरटीले अंकको खाता खोल्न सकेको छैन । एनआरटी पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित भएको थियो ।

March 24, 2025

एसियन कप छनोट – नेपाल मलेसियाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ। सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ। खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक […]

March 24, 2025

तिलोत्तमा गोल्डकप – संकटाको जितमा सिर्जन नायक

सुमन अधिकारी, बुटवल सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

Success

Thank you for your time.