default_image

2 years ago

March 8, 2023

तिलोत्तमा गोल्डकपको चैत पहिलो साता सुरु हुने

178 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

तिलोत्तमा गोल्डक फुटबल प्रतियोगिता चार वर्षपछि यसपटक आयोजना हुने भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा तिलोत्तममा गोल्डकप सुरु हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा घरेलु टोली करेन्ट रुपन्देही ११, मनाङ मस्र्याङ््दी क्लब, थ्रीस्टार क्लब , नेपाल पुलिस क्लब ,एपिएफ,हिमालयन शेर्पा क्लब , फेन्ड्स क्लब र सुदूर पश्चिम ११ गरी ८ टोलीको सहभागीता रहेनेछ । तिनाउ नदिलाई धेरै अघिबाट तिलोत्तमा नदिको नामबाट परिचित रहदै आएको त्यसैको नाममा गोल्ड कप आयोजना भएको अखिल नेपाल फुटबल सघं (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले स्मरण गरे ।

रुपन्देही जिल्ला फुटबल सघका पूर्व अध्यक्ष समेत रहेका केसीले भने, ‘लुम्बिनी पदेशको फुटबल भबिष्यका रुपमा रहेको गोल्डकप नियमित रुपमा सञ्चालन गर्न सके यसले आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन सहज हुन्छ । यसका लागि स्थानिय सरकार र जिल्लाबासीले गौरवको प्रतियोगिताका रुपमा सोच्नुपर्छ ।’

जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष लोक पुनले प्रतियोबगिता नियमित गर्न नसक्नु दुखद भएको जनाउँदै तिलोत्तमाको पूर्नजीवनका लागि पहल गरेको बताएका छन् । प्रतियोगिता सन्चालनमा झन्डै एक करोड खर्च हुने अनुमान गरिएको छ ।विगतमा भन्दा यसपटक पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । यसपटक विजेताले ११ लाख ११ हजार ए सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.