2 years ago
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर अमृत श्रेष्ठले इन्ज्युरी समयमा गरेको गोलमा हिमालयन शेर्पा क्लबले शहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । शेर्पाले नेपाल पुलिस क्लबमाथि १-० को जित दर्ता गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा शेर्पाले पहिलो हाफमा शेर्पाले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि अग्रता लिएको थिएन । दोस्रो हाफमा दुवै टोलीले अपेक्षित खेल प्रदर्शन गर्न सकेनन् । तर इन्ज्युरी समयमा शेर्पाले गोल गर्यो । कर्नरमा क्लियर हुन नसकेको बलमा अमृतले गोल गरेका थिए ।
त्यसो त पहिलो हाफमा पेनाल्टीको अवसर पाएपनि शेर्पा अग्रता लिन सफल भएन । ३१ औं मिनेटमा अजित भण्डारीले डेब्यु गरिरहेका विदेशी फरवार्ड अबयोमी ओलुवासेन फाकुन्लेमाथि फल गरेका थिए । रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिएपछि पुलिसका खेलाडी र बेन्च आक्रोशित बनेका थिए ।
तर पेनाल्टी दिने निर्णय पुलिसका लागि घातक सावित भएन । निशान लिम्बुको पेनाल्टी शत्रुघन चौधरीले बचाउँदै खेल गोलरहित नै राखे । निशानले पोस्टको दायाँतर्फ गरेको फितलो प्रहार शत्रुघनले विफल पारे । जवाफी रिबाउन्डमा अमृत श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।
४१ औं मिनेटमा पुलिसले पनि अग्रता लिने अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र लगातार दुई प्रहार डिफेन्डरले छेकेपछि रवी पासवानको अन्तिम प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।
४३ औं मिनेटमा पुलिसका गोलरक्षक शत्रुघनले जोगाएको बल टिप्ने क्रममा पेनाल्टी क्षेत्र बाहिर निस्केपछि फ्रिकिक दिए । सत्यम शर्माले प्रहार गरेको फ्रिकिक थोरैले बाहिरियो ।
दोस्रो हाफमा दुवै टोलीले डरलाग्दो आक्रमण सिर्जना गर्न सकेनन् । शेर्पाले ७२ औं मिनेटमा गोलरक्षक तथा कप्तान किशोर गिरीलाई चोटका कारण गुमाएको थियो । अन्त्यत्यिर तीन विदेशी फरवार्ड उतार्दै शेर्पाले लगातार दबाब दिएको थियो । फलस्वरूप कर्नरबाट शेर्पाले अमृतमार्फत जित दर्ता गर्यो ।
पुलिस यस नतिजासँगै २ खेलमा कुनै अंक जोड्न सकेको छैन । टोलीले यसअघि पहिलो खेलमा चर्च ब्वाइजसँग २-१ ले पराजित भएको थियो । शेर्पाले भने २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा शेर्पा र मनाङ १-१ को बराबरी रोकिएका थिए ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]