2 years ago
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलको इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार पहिलो जितबाट वञ्चित बनेको छ ।
थ्री स्टारले फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारका अजायी मार्टिन्स, योगेश गुरुङ र प्रदीप लम्सालले गोल गरे । फ्रेन्ड्सका कुशल फुयाल र अखरोरवेक उक्तामोवले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको दोस्रो मिनेटमा नै अजायी मार्टिन्सको गोलबाट थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । १५औं मिनेटमा कुशल फुयालले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २४औं मिनेटमा योगेश गुरुङले गोल गरेपछि थ्री स्टारले खेलमा २–१ को अग्रता लिन सफल भयो ।
४३औं मिनेटमा अखरोरवेक उक्तामोवले गोल गरेपछि पहिलो हाफमा २–२ गोलको बराबरीमा सकिएको थियो । ८७औं मिनेटमा परिवर्तित खेलाडी प्रदीप लम्सालले गोल गरेपछि थ्री स्टार खेलमा पुनः ३–२ को अग्रता लिदै जिततर्फ अघि बढेको थियो । प्रदीप ८३औं मिनेटमा अनोज गैरेको स्थानमा मैदान छिरेका थिए ।
तर, जिततर्फ अग्रसर थ्री स्टार अन्तिम समयमा सम्हालिन नसक्दा आत्मघाती गोल खाँदै बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा अनिल महर्जनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
यस बराबरीसँगै दुवै टोलीले लिगमा अंकको खाता खोलेको छ । दुवै टोलीले लिगको पहिलो खेल गुमाएका थिए ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]