2 years ago
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
चर्च ब्वाइजले ‘ए’ डिभिजनको अर्काे नव प्रवेशी एफसी खुमलटारलाई ३–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई तथा एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलोमोउले एक गोल फर्काए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलको ११औं मिनेटमा आशिषको गोलबाट चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो । १८औं मिनेटमा एरिक विष्टले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।
४०औं मिनेटमा मेसुकेले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । ७१औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चर्च ब्वाइजको सहज जित पक्का गरे ।
यस जितसँगै चर्च ब्वाइज २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको खुमलटारको २ खेलबाट ३ अंक छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]