2 years ago
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । अवार्ड जित्ने क्रममा अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।
उनले अवार्ड ग्रहण गरेपछि विनाशकारी भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनलाई स्मरण गरे । अञ्जनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए ।
यस्तै उनले १३औं साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गोल गरेका थिए । उनी एनएसएलमा सर्वाेत्कृष्ट फरवार्ड घोषित भएका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रो स्थानमा छन् ।
March 13, 2025
सुशील पन्त क्षेत्री,चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगिता यसै साता सुरु भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ३ गतेदेखि ९ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । प्रतियोगितामा एपिएफ फुटबल […]
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]