2 years ago
March 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन् । यो खेल दिउँसो २ः३० बजेपछि हुनेछ । चर्च ब्वाइज ‘बी’ डिभिजनको च्याम्पियन तथा खुमलटार उपविजेता हो ।
दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछ । चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दा खुमलटारले फ्रेन्ड्सलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
यस्तै च्यासल मैदानमा ललितपुर डर्वीको थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुँदैछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स पहिलो खेलमा खुमलटारसँग १–० ले पराजित हुँदा थ्री स्टारले एपिएफलाई २–० को नतिजा सुम्पिएको थियो ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]