2 years ago
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई सिजनको च्याम्पियन मछिन्द्र फुटबल क्लब यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमै पराजित भएको छ ।
यो सिजनको लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले स्तब्ध बनेसँगै मछिन्द्रको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
वि.स. २०७६ मा हिमालयन शेर्पासँग २–० ले पराजित भएयता मछिन्द्र लिगको १९ खेलसम्म अपराजित रहेको थियो । जसमा १७ जित र २ बराबरीको नतिजा छ ।
गत वर्ष मछिन्द्रले १३ खेलमा ११ जित र २ बराबरीसहित अपराजित रहेर केवल दुई गोल खाँदै लिग च्याम्पियन बन्न सफल भएको थियो । तर, यसपटक मछिन्द्रले हार बाट लिगको सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई स्तब्ध पार्न जावलाखेलका हिसब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमन्त थापाले गोल गरे । मछिन्द्रका देवेन्द्र तामाङको गोल सान्त्वना बन्यो ।
मछिन्द्रले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा लिगको पहिलो खेलमा नै पराजित हुन पुगेको हो । खेलको २३औं मिनेटमा देवेन्द्रले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए ।
५९औं मिनेटमा हिसबले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा एनकोटोले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए ।
७६औं मिनेटमा कप्तान सिमन्तले गोल गर्दै जावलाखेललाई ३–१ को जित पूनरागमन जित दिलाए । जितसँगै जावलाखेलले ३ अंक जोडेको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ। सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ। खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक […]
March 24, 2025
सुमन अधिकारी, बुटवल सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]