2 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडले विभागीय नेपाल पुलिस क्लबमाथि पूनरागमन जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
चर्च ब्वाइजले एक गोलले पछि परेको स्थिति उल्ट्याएर पुलिसमाथि २–१ को पूनरागमन जित निकालेको हो । चर्च ब्वाइजको पूनरागमन जितमा आशिष चौधरी र फ्रान्कलिन कोटे टालाले गोल गरे । पुलिसका रवि पासवानले गरेको गोल सान्त्वना बन्यो ।
च्यासलस्थित च्यासल रंगशालामा शनिबार भएको खेलको १४औं मिनेटमा रवि शंकर पासवानको गोलबाट पुलिसले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई पुलिसले पहिलो हाफमै जोगाउन सकेन ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आशिष चौधरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ७०औं मिनेटमा फ्रान्कलिन कोटे टालाले गोल गर्दै चर्च ब्वाइजलाई पूनरागमन जित दिलाए ।
यस जितसँगै चर्च ब्वाइजले शीर्ष डिभिजनको पहिलो खेलमै जित निकाल्दै ३ अंक बटुलेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिसले हारबाट लिगको सुरुवात ग¥यो ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]