default_image

2 years ago

March 4, 2023

थ्री स्टारलाई युरो प्यासनकाे प्रायाेजन

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको थ्री स्टार क्लब र युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) बीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ ।

यससँगै थ्री स्टारले यसपालीको सिजनमा युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) को खेल सामग्री प्रयोग गर्नेछ । थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टोलीक पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन अमेरिका (स्पोर्ट्स ब्राण्ड) ले आफ्नो पूर्व क्लबका लागि आवश्यक किट्स प्रायोजन गरेका हुन् ।

युरो प्यासन पाकिस्तानमा निर्मित अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स ब्रान्ड हो । युरो प्यासनका सिइओ माजिद हुसैनले र युरो प्यासन युएसएका निर्देशक प्रलय राजभण्डारीले नेपालकै शीर्ष क्लबसँग सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउँदै आगामी दिनमा यो सहकार्यलाई निरन्तरता दिदै अन्य खेलकुद गतिविधिमा पनि संलग्न हुने योजना रहेको बताए ।

शुक्रबार सम्झौता पत्रमा हस्ताक्षरपछि किट्स हस्तान्तरण गर्दै युरो प्यासन युएसएका निर्देशक अविशेश सुवेदीले थ्री स्टारलाई लिगका लागि शुभकामनासहित आगामी दिनमा थ्री स्टार क्लब र नेपाली खेलकुदमा निरन्तर सहयोग गर्दै जाने बताए ।

क्लबका अध्यक्ष अरुणमान जोशीले सहकार्यका लागि युरो प्यासन युएसएलाई धन्यबाद व्यक्त गर्दै अहिले सम्बन्धको सुरुवात भएको र यसलाई दीर्घकालीन रुपमा लैजाने बताए । उनले आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक समर्थक भएको थ्री स्टारको छविलाई अझ परिष्कृत गर्दै जाने थपे ।

March 24, 2025

एसियन कप छनोट – नेपाल मलेसियाको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- अघिल्लो साता सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हराएको नेपाली फुटबल टोली उत्साहित छ। सिंगापुरबाट मलेसिया पुगेको नेपाली टोलीले मंगलवार एएफसी एसियन कप छनोटमा घरेलु टोलीको सामना गर्नेछ। इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार खेल राति ७:४५ बजे सुरु हुनेछ। खेलको लागि नेपाली टोली तयार रहेको र उत्कृष्ट खेल्ने प्रि म्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक […]

March 24, 2025

तिलोत्तमा गोल्डकप – संकटाको जितमा सिर्जन नायक

सुमन अधिकारी, बुटवल सिर्जनराज गौतमको नायकत्वमा ए डिभिजन टोली संकटा रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको जर्जियन एफसीलाई ४-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि चारै गोल सिर्जनले गरे। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको सिर्जनले पहिलो गोल ४० औं मिनेटमा गरे। पेनाल्टी बक्स […]

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

Success

Thank you for your time.