2 years ago
March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि संकटा क्लबले चाइना ट्रेड लिंक प्रालिको यु क्यान ब्राण्डसँग खेल सामग्री प्रायोजन सम्झौता गरेको छ ।
क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै युक्यानसँग १ वर्षको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रवन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार चाइना ट्रेड लिंक प्रालिले क्लबलाई करिब ७ लाख बराबरको खेल सामाग्री प्रदान गर्नेछ ।
यस्तै संकटाले शनिबारै निल डेभिड युनिसेक्स सलुनसँग स्टाइलिङ पार्टनरको रुपमा सम्झौता गरेको छ । सम्झौतामा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र निल डेभिडका म्यानेजर अनुराग खरेलले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यो लिग अवधिभर रहने क्लबले जनाएको छ । सम्झौता अनुसार खेलाडीलाई निल डेभिडले विभिन्न सुविधा प्रदान गर्नेछ ।
क्लबले यो सिजनको लागि २ करोड ४० लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । ‘यो सिजन हामीले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरिरहेका छौं । यो औसत बजेटमै लिग जित्न सकिन्छ भन्ने छ ।’ अध्यक्ष तुलाधरले भने, ‘हामीले मुुख्य प्रायोजक नपाएपनि खोजिरहेका छौं । सकरात्मक कुराहरु आएको छ । महानगरपालिकाबाट हामीलाई सहयोग छ । क्लबले एकेडेमीसहितको खेल मैदान निर्माण गर्ने अभियानमा रहेकाले लिग च्याम्पियन बन्न सके त्यसले थप मद्धत पुग्नेछ ।’
शुक्रबारबाट सुरु भएको लिगमा संकटाले आइतबार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्दै यसपालीको लिगको सुरुवात गर्दैछ ।
संकटाको टोली
टिकेन्द्र सिंह थापा, विष्णु कुमार केसी, निशान राना, सन्दीप आले, आन्द्रे थिएरी विइक, दीपक घिसिङ, रवि सिलवाल, सरोज दाहाल, निशान खड्का, ललित चौलागाईं, सुनिल श्रेष्ठ, सुनिल बल, जुनियर, गणेश हमाल, दिपेन्द्र विक, अनिष महर्जन, कुलदीप कार्की, रोशन पहरी, चन्दन दास, आयुष घलान, मनिष डाँगी, सुरज ज्यू ठकुरी र नेल्सन ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]