2 years ago
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर जिनियस आईबी वर्ल्ड स्कुलको जिनियस स्पोर्ट्स एम्बासडर नियुक्त भएका छन् ।
ललितपुरको लुभुमा रहेको जिनियस आईबी वल्र्ड स्कुलले विमललाई शुक्रबार स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको हो । सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे । पछिल्लो दुई वर्ष मछिन्द्रबाट खेल्दै लिग जितेका विमल यसपटक ह्याट्रिक गर्ने लक्ष्यसहित सोही क्लबबाट खेल्दैछन् ।
जिनियसका शैक्षिक प्रमुख प्रदीप वज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनुपर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनुपर्ने, जिनियसको प्रवर्द्धन लगायतका कार्यमा सहयोग गर्ने जानकारी दिए ।
अध्यक्ष जोशीले सम्झौता तत्काल १ वर्षका लागि भएपनि आगामी वर्षमा पनि निरन्तरता पाउने बताउदै जिनियसमा आबद्ध भएको विमललाई धन्यवाद दिए । विमलले जिनियसको फुटबल जर्सी सार्वजनिक गर्नुका साथै जिनियसको छात्र/छात्रा टोलीलाई प्रशिक्षण पनि दिएका थिए ।
कार्यक्रममा विमलले जिनियससँग जोडिन पाउँदा खुशी लागेको बताउदै जिनियसको फुटबललाई माथि उकास्न र विद्यालयको प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
शैक्षिक प्रमुख वज्राचार्यले राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य विमललाई जिनियसमा आबद्ध गर्न पाउँदा गर्वको अनुभुति भएको बताउदै विमलको आगमनले जिनियसको फुटबलसंगै अन्य गतिविधको पनि उचाईं बढ्ने विश्वास व्यक्त गरे ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]