default_image

2 years ago

March 7, 2023

क्लिन्सम्यान दक्षिण कोरियाको प्रशिक्षक नियुक्त

356 views

0 Bookmark

एजेन्सी – जर्मनी र अमेरिकाका पूर्व प्रशिक्षक योर्गेन क्लिन्सम्यान दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । जर्मनीसँग सन् १९९० मा विश्वकप जितेका ५८ वर्षीय क्लिन्सम्यानले साढे तीन वर्षको सम्झौता गरेका छन् ।

यो सम्झौतासँगै क्लिन्सम्यानले क्यानडा, मेक्सिको र अमेरिकामा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपसम्म दक्षिण कोरियाको प्रशिक्षण सम्हाल्नेछन् । दक्षिण कोरियाबाट उनका पहलिो खेल २४ मार्च कोलम्वियाविरुद्धको मैत्रीपुर्ण खेलबाट हुनेछ ।

जर्मनीका लागि २०८ खेलमा ४७ अन्तर्राष्ट्रिय गोल गरेका क्लिन्सम्यानले फिफा विश्वकव कतार २०२२ मा दक्षिण कोरियालाई प्रि–क्वाटरफाइनल पु¥याएका प्रशिक्षक पाउलो बेन्टोको स्थान लिनेछन् ।

चार वर्ष दक्षिण कोरियाको प्रशिक्षक रहिसकेका बेन्टोले फिफा विश्वकप कतार २०२२ मा दक्षिण कोरिया प्रि–क्वाटरफाइनलबाट बाहिरिएसँगै आफ्नो पदबाट राजीनामा दिएका थिए ।

‘गुस हिडिङदेखि पूर्व प्रशिक्षक पाउलो बेन्टोसम्म कोरियाली राष्ट्रिय टोलीलाई निर्देशन गर्ने महान प्रशिक्षकहरूको पाइला पछ्याउन पाउँदा म धेरै खुसी र सम्मानित छु ।’ क्लिन्स्म्यानले भने, ‘मलाई थाहा छ कि कोरियाली राष्ट्रिय टोलीले लामो समयदेखि सुधार र नतिजा हासिल गरिरहेको छ । म आगामी एसिया कप र २०२६ को विश्वकपमा सफल नतिजा ल्याउन सक्दो प्रयास गर्नेछु ।’

इंग्लिस क्लब टोटेनहमका पूर्व फरवार्ड क्लिन्सम्यान २७ नोभेम्वर २०१९ मा जर्मन क्लब हर्था बर्लिनको प्रशिक्षक बनेका थिए । तर, क्लिन्सम्यानले १० सातामै अर्थात ११ फेब्रुअरी २०२० मा राजीनामा दिएका थिए । त्यसयता उनी खाली नै रहेका थिए ।

अनुभवी प्रशिक्षक क्लिन्सम्यानले जर्मनी, बायर्न म्युनिख, अमेरिका र हर्थालाई प्रशिक्षण दिइसकेका छन् । उनको प्रशिक्षणमा जर्मनीले घरेलु भुमिका २००६ मा भएको विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । सन् २०१४ मा अमेरिकालाई विश्वकपमा नकआउट चरणमा पु¥याएको थियो ।

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

September 22, 2024

ब्रेन्टफर्डमाथि टोटेनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा टोटेनहम ह्ट्सपरले शनिवार ब्रेन्टफर्डलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमको जितमा डोमिनिक सोलन्के, ब्रेनान जोनसन र जेम्स मेडिसनले समान १ गोल गरे। ब्रेन्टफर्डका लागि बार्यन एमबिमोले गोल गरे । खेलको पहिलो मिनेटमै ब्रेन्टफर्डका लागि बार्यनले दिलाएको अग्रतालाई जोगाउन सकेन। आठौं मिनेट घरेलु टोलीका सोलन्केले गोल गर्दै […]

Success

Thank you for your time.