2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र एफसीका रक्षक देवेन्द्र तामाङ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
उनी सम्मलित टोलीले बुधबार दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै उपाधि जितेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा मछिन्द्रले बाजी मारेको थियो ।
देवेन्द्रले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरे । मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर र सातदोबाटोका निरज चौधरी उदयीमान खेलाडी घोषित भए । सातदोबाटोका दीपेनराज सिंह उच्च गोलकर्ता बने । उत्कृष्ट र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
लिग अघि मछिन्द्रलाई उपाधि
मछिन्द्र एफसीले केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै मछिन्द्रले सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु दुई दिन अघि उपाधि जितेको छ ।
लगातार दोस्रो दिन दुई फाइनल खेलेको मछिन्द्रले दोस्रो फाइनलमा भने सफलता हासिल गरेको छ ।
झापामा मंगलबार मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा मछिन्द्र टाइब्रेकरमै त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । बुधबार दशरथ रंगशालामा निर्धारित समयको १–१ को बराबरीपछि टाइब्रेकरमा मछिन्द्रले बाजी मारेको थियो । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ टाइब्रेकरका नायक रहे । उनले सातदोबाटोको लागि तेस्रो पेनाल्टी प्रहार गरेका अब्दुल लतिफको पेनाल्टीलाई रोकेका थिए ।
पेनाल्टीमा मछिन्द्रका लागि रन्जित धिमाल, दिवाकर चौधरी, कप्तान सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा करिमले गोल गरे । सातदोबाटोका लागि निरज चौधरी, दीपनेराज सिंह र एकराज बुढाथोकीले गोल गरे । त्यसअघि निर्धारित पाँचौं मिनेटमा अफिज ओलावाले को गोलमा मछिन्द्रले खेलमा अग्रता लिएको थियो । १८ औं मिने जोर्डन ओवानाको गोलबाट सातदोबाटो खेलमा फर्केको थियो ।
मछिन्द्रले उपाधिसहित १० लाख र सातदोबाटोले ५ लाख रुपैयाँ प्राप्त गर्यो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, ओलम्पियन दीपक विष्ट, १३ दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोमा दोहोरो स्वर्ण पदक जितेकी आयशा शाक्यलगायतले विजेता र उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ ए डिभिजनसहित ८ टोलीको सहभागिता रहेको थियो ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]