2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको कार्यसमितिको बैठकले एनेसेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
सफल तर विवादित प्रशिक्षक कुवेती अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएयता राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । यद्दपी भदौ र कात्तिकमा भएका बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने एन्फाले प्रदीप हुमागाई र प्रवेश कटुवाललाई कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो ।
एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो । जसमा १ सय ६८ जनाको आवेदन परेको उल्लेख गर्दै एन्फाले त्यसमध्ये २० जनालाई अन्तिम सुचीमा राखिएको थियो । त्यसमध्येबाट युइएफए प्रो लाइसेन्स प्राप्त एनेसेलाई नियुक्त गरेको एन्फाले आफ्नो वेबसाइडमार्फत जनाएको छ ।
भारतको आइएसएलमा नर्थ इस्ट युनाइटेडको कमान सम्हालेका एनेसेको प्रशिक्षकमा गोकुलम केरेला एफसीले दुई पटक आई लिग उपाधि जितेको थियो । ३८ वर्षे इटालियन प्रशिक्षकले सन् २०१९ मा बिलिचको राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिएका थिए । एनेसेले बुधबार दशरथ रंगशालामा मछिन्द्र एफसी र सातदोबाटो युथ क्लबबीच केपी ओली फुटबल प्रतियोगिताको फाइनल हेरेका थिए ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]