2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।
एमडीएसी स्पोर्ट्सका कार्यकारी अधिकृत अर्जुन घिमिरेले टिकटको लागि ईसेवासँग सम्झौता भएको जनाएका छन् । फागुन१९ फागुनदेखि शुरु हुने यसवर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगको टिकट ईसेवा एप डाउनलोड गरि वा इसेवाको वेबसाइटबाट टिक खरिद गर्न सक्नेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकटको मुल्य साधरण प्याराफिटतर्फ १ सय र भिआईपी प्याराफिटतर्फ ३ सय रुपैया तोकेको छ । डबल राउन्ड रोविनको आधारमा हुने यसपालीको लिग त्रिपुरेश्वस्थित दशरथ रंगशाला, च्यासलस्थित च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुनेछ ।
लिगको सबै १ सय ८२ खेलको टिकट इसेवामा उपलब्ध हुनेछ । एन्फाले सोमबार मात्रै सहिद स्मारक ए, बी र सी डिभिजन लिगको मुख्य प्रायोजकबाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पुर्ण अधिकार एमडिएस स्पोर्ट्स प्रालिलाई १ करोड ९७ लाख रुपैयामा बेचेको थियो ।
एमडिएस स्पोर्ट्सले लिगका खेलहरुको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट गर्नेछ । प्रत्यक्ष प्रसारणका लागि एमडिएस स्पोट्स प्रालि र स्पेस फोरके टेलिभिजनवीच सम्झौता भइसकेको छ । लिगमा सहभागी सबै १४ टोलीले खेलाडी अनुबन्धसँगै प्रशिक्षणलाई पनि तिब्रता दिदै अन्तिम तयारी पुरा गरिसकेको छ । लिगको पहिलो खेलमा नव प्रवेशी खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुनेछ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]