default_image

2 years ago

February 28, 2023

सातदोबाटो युथलाई लि निङको प्रायोजन

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई चीनिया खेल समाग्री उत्पादन कम्पनी लि निङले प्रायोजन गरेको छ । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र सातदोबाटोका अध्यक्ष कपिल राना मगरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार आसन्न ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबको टोलीले चाईना ट्रेड लिङ्कको लिनिङ र युक्यान ब्राण्डको किट प्रयोग गर्नेछ । एक वर्षका लागि भएको सम्झौता अवधिमा सातदोबाटोले घरेलु मैदानमा हुने खेलमा लिनिङ र घर बाहिर हुने लिगको खेलमा युक्यानको जर्सी प्रयोग गर्ने बताइएको छ । लिग फागुन १९ गते देखि हुने एन्फाले घोषणा गरिसकेको छ ।

क्लबका अध्यक्ष राना मगरले यस सम्झौताले आफुहरुलाई हौसला थपिएको बताएका छन् । उनले नयाँ सिजनको लिगका लागि क्लब तयारी अवस्थामा रहेको जानकारी दिदै लि निङ संगको सहकार्यले लिगमा राम्रो नतिजाका लागि उत्साहित बनाएको बताएका छन् ।

चाइना ट्रेडका कार्यकारी अधिकृत महर्जनले आफू अरनिको आवासिय मावि अध्ययन गर्दा अहिले सातदोबाटो क्लबको कार्यलय रहेको स्थानमा स्कुल बस कुर्ने गरेको स्मरण गर्दै सातदोबाटो क्लबले दक्षिण ललितपुरका प्रतिभालाई राष्ट्रिय स्तरको फुटबल खेलाडीका रुपमा तयार पार्न सहयोग पुर्याउने आशा राखेको बताए । लि लिङले राष्ट्रिय बास्केटबल टोलीलाई पनि किट्स प्रायोजन गर्दै आएको छ ।

गत वर्ष ए डिभिजन लिगको पहिलो सहभागितामा नै लिगमा चौथो स्थान प्राप्त गरेको सातदोबाटोले बुधबार दशरथ रंगशालामा हुने केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा लिगको साविक विजेता मछिन्द्र एफसीको सामना गर्नेछ ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.