2 years ago
February 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने शहिद स्मारक ए, बी र सी डिभिजन लिगको मुख्य प्रायोजक बाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पुर्ण अधिकार एमडिएस स्पोर्ट्स प्रालिले प्राप्त गरेको छ ।
एन्फाले आब्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याटबाहेक १ करोड ९७ लाख रुपैयाँमा मुख्य प्रायोजकबाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो । एन्फाले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एमडिएस स्पोर्ट्स प्रालिले अधिकार लिएको जनाएको छ ।
सोमबार नै एन्फा र एमडिएस स्पोर्ट्स प्रालिबीच सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एन्फाको तर्फबाट महासचिव किरण राई र एमडिएस स्पोर्ट्स प्रालिको तर्फबाट अर्जुन घिमिरेले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।
यो सम्झौतासँगै एमडिएस स्पोर्ट्सले १ करोड ९७ लाख नेपाली रुपैयँ एन्फालाई प्रदान गर्नछ । एमडिएस स्पोर्ट्सले लिगका खेलहरुको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट गर्नेछ । यस सम्बन्धमा एमडिएस स्पोट्स प्रालि र स्पेस फोरके टेलिभिजनवीच सम्झौता भइसकेको छ ।
शहिद स्मारक ए डिभिजन लिग २०७९ यहि फागुन १९ गतेबाट शुरु हुदैछ । लिग तीन स्थान – दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्सको खेल मैदान मा डबल राउन्ड रोबिनको आधारमा हुनेछ । लिगमा सहभागी सबै १४ टोलीले खेलाडी अनुबन्धसँगै प्रशिक्षणलाई पनि तिब्रता दिएको छ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]