default_image

2 years ago

February 26, 2023

म्यानचेस्टर सिटीको सानदार जित, लिभरपुल राेकियाे

914 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बर्नमाउथमाथि सानदार जित हात पार्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याएको छ ।

सिटीले बर्नमाउथलाई ४–१ ले पराजित गर्दै आर्सनलसँगको अंक दुरी २ मा नै कायम राखेको हो । सिटीले एक खेल बढी खेलेको छ ।

भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।

१५औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको सिटीले २९औं मिनेटमा हालान्डको गोलबाट अग्रता दोब्बर पार्यो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।

४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ५१औं मिनेटमा क्रिस मेपामले आत्मघाती गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

त्यसपछि ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । यो सिटीको २ सयौं अवे जित हो ।

यस जितले सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।

अर्काे खेलमा लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससाग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लिभरपुलले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल भने गर्न सकेन ।

यस बराबरीले लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

अन्य नतिजा
वेस्ट ह्यामविरुद्ध नटिङहम फरेस्ट (–०)
लिड्सविरुद्ध साउथह्याम्टन (–०)
एभर्टनविरुद्ध एस्टन भिल्ला (०–)
लेस्टरविरुद्ध आर्सनल (०–)

February 22, 2025

स्ट्राइकर भरत ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । अक्सनमा क्याटगरी ‘ए’ बाट अनसोल्ड हुने उनी दोस्रो खेलाडी हुन्। यसअघि […]

February 22, 2025

नवयुग र विकेश ‘अनसोल्ड’!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु अन सोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका गोलकिपर विकेशको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ रहेको छ। राष्ट्रिय टोलीबाट कप्तानको जिम्मेवारी समेत निर्वाह गरिसकेका नवयुग श्रेष्ठ […]

February 22, 2025

केसी काठमाडौं रेजर्सको टेक्निकल डाइरेक्टर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि मेघराज केसीलाई‌ टेक्निकल डाइरेक्टरका रुपमा नियुक्त गरेको छ। काठमाडौंले जारी खेलाडी अक्सनमा केसीलाई टेक्निकल डाइरेक्टरका रुपमा प्रस्तुत गरेको छ। एनएसएलको पहिलो संस्करणको विजेता काठमाडौंले मुख्य प्रशिक्षक भने विदेशी‌ ल्याउने तयारी गरिरहेको बताइएको छ। ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक […]

Success

Thank you for your time.