default_image

8 years ago

December 31, 2016

झापा काँकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा, टाइब्रेकरमा हिमालयन शेर्पा पराजित

58 views

0 Bookmark

दिपेश तिमल्सिना
काँकरभिट्टा –घरेलु टोली झापा ११ शनिबार हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–३ ले हराउँदै मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाब्रेकरमा गएको थियो ।

heman
पेनाल्टीमा झापाका लागि कर्ण लिम्बु, रञ्जित धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरेका थिए । हिमालयनका लागि हेमन गुरुङ, रुपेश केसी र भुपाल गुरुङले गोल गरे । माउसा कामगाटेले गोल गर्न नसकेपछि अर्का खेलाडीले पेनाल्टी हान्नै परेन ।
झन्डै चार बर्षपछि घरेलु प्रतिस्पर्धामा फर्केको हिमालयन शेर्पा अन्तिम तिन मिनेट सम्हालिन नसक्दा गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ । २–१ ले पछि परेको अवस्थामा ८७ औं मिनेटमा झापाका योगेशले पेनाल्टीमा बराबरी गोल गरेका थिए । पेनाल्टी बक्समा हिमालयनका माउसा कामगाटेले बल ह्यान्ड गरेपछि झापाले पेनाल्टी पाएको थियो ।

jhapa-11
दुवै टोली एक एक पटक खेलमा पछि परेर पनि पुनरागमन गर्न सफल भएका थिए । ३७ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट झापाले अग्रता लिएको थियो । दोस्रो हाफमा दुई मिनेटको फरकमा दुई गोल गर्दै हिमालयन शेर्पाले २–१ को अग्रताता बनायो, तर जोगाउन सकेन ।

६२ औं मिनेटमा हेमनले झन्डै ३५ यार्ड टाढाबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । दुई मिनेटपछि २५ मिनेटमा हेमनकै फ्रिकिकलाई रोक्ने क्रममा रवि थापाको आत्मघाती गोल भएको थियो । ८७ औं मिनेटमा झापाले पेनाल्टीमार्फत बराबरी गोल फर्काउँदै खेललाई टाइब्रेकरमा धकेलेको थियो । हिमालयन शेर्पाका हेमन खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

काँकरभिट्टा गोल्डकपमा आइतबारको खेल
-काँकरभिट्टा ट्रेनिङ सेन्टरविरुद्ध ब्लु आर्मी सिलोङ,भारत

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

Success

Thank you for your time.