default_image

2 years ago

February 21, 2023

नेयमार एक महिना मैदान बाहिर

172 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार कम्तीमा एक महिना मैदान बाहिर रहने भएका छन् ।

फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट बोक्न पुगेका थिए । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

यो पिएसजीको लागि ठुलो झट्का हो । किनभने नेयमारले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग गुमाउनेछन् । पहिलो लेगमा १–० ले पछि रहेको पिएसजीले दोस्रो लेग बायर्नकै मैदानमा मार्च ८ मा खेल्दैछ ।

प्रभावशाली नेयमार नहुँदा प्रशिक्षक क्रिस्टोफ गाल्टिएरको टोलीका लागि यो कठिन हुनेछ । ‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन । तर, उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ ।’ पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा नेयमार घाइते भएका थिए । लिल मिडफिल्डरले ब्राजिलियनलाई फउल गरेपछि उनी मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो । विश्वकपमा पनि सोही खुट्टामा चोट बोकेपछि उनले समुह चरणका दुई खेल गुमाउनु परेको थियो ।

३१ वर्षीय नेयमारले यो सिजन पिएसजीका लागि २९ खेलमा १८ गोल गरिसकेका छन् । लिग वानमा उनले २० खेलमा १३ गोल र ११ असिस्ट प्रदान गरेका छन् ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.