2 years ago
February 19, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मनाङ मस्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवापुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेताको सामना गर्नेछ ।
मनाङलाइ अन्तिम दुईमा पु¥याउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । एपिएफका नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गरे । एपिएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्किदा दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले रोके ।
मनाङका कप्तान समेत रहेका गोलकिपर दीप म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । जिल्ला फुटबल संघ मकवानपुरले आयोजना गरेको प्रतियोगिताको दोस्रो सेमिफाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]