2 years ago
February 19, 2023
एजेन्सी – एकै खेलमा स्टार फरवार्डत्रय केलियन एमबाप्पे, लियोनेल मेस्सी र नेयमारले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित दर्ता गरेको छ ।
घरेलु मैदानमा पिएसजीले लिलमाथि ४–३ को रोमाञ्चक जित हात पारेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र मेस्सीले समान एक गोल गरे । लिलका बाफोड डियाकिट, जोनाथन डाभिड र जोनाथन बाम्वाले गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति गोलको वर्षा भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।
१७औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले भिटिन्हाको पासलाई सदुपयोग गरेका थिए । २४औं मिनेटमा बाफोड डियाकिटले आन्द्रे गोमेसको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए ।
५८औं मिनेटमा जोनाथन डाभिडले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८७औं मिनेटमा एमबाप्पेले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई खेलमा ३–२ ले अघि बढाए ।
यसपटक एमबाप्पेले जुआन बर्नाटको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मेस्सीले फ्रिकिकमा सिधै गोल गर्दै पिएसजीलाई ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २४ खेलबाट ५७ अंक पुगेको छ । पराजित लिल ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]