2 years ago
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार स्वदेश फर्किएका छन् ।
नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह लगायतका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपालले भारतसँग चेन्नईमा भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको दोस्रो मैत्रीपूर्णमा नेपालले घरेलु टोली भारतसँग गोलरहित बराबरी खेलेको थियो । त्यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले २–० ले पछि पर्नुका बावजुत खेलको अन्तिम समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै हारबाट बचेको थियो । नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
भारतसँगको दुई बराबरीसँगै नेपाल भारतसाग पछिल्लो तीन खेलमा अपराजित रहन सफल भएको छ । नेपालले गत भदौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । नेपाल र भारत हालसम्म १३ पटक आमाने–सामाने भएका छन् । जसमा भारत ८ खेलमा विजयी हुँदा नेपालले १ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।
नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउन्डको खेलको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेको हो । छनोटको पहिलो राउन्डमा नेपाल समूह ‘सी’ मा रहेको छ ।
नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छ । भारत रहेको समूह ‘जी’ मा तुर्कमिनिस्तान र किर्गिस्तान छ । ओलम्पिक क्वालिफायर अप्रिलमा हुँदैछ ।
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनायो। बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दोस्रो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दा खेल गोलरहित बराबरीमा सकिएको हो। अन्तिम २० मिनेट बुटवल १० खेलाडी समेटिए पनि यसको […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा आइतबार रानी पोखरी कर्नर टिम (आरसिटी) र टुसाल युथ क्लबले पहिलो जित दर्ता गरेका छन् । यसअघि लिगको पुछारमा रहेको आरसीटीसँग नयाँवस्ती युथ क्लब २-१ ले पराजित भयो । त्यस्तै टुसालले शत प्रतिशत नतिजा ल्याएको सरस्वती युथ क्लबलाई१-० ले हरायो । एन्फा कम्प्लेक्समा आज भएको दोस्रो […]
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]