10 years ago
September 19, 2015
अशोज २ – दिपेन्द्र पोखरेल – हाम्रो खेलकुद
५ जुन्, कुवालालम्पुरमा एएफसि यु-१६ प्रतियोगिताको छनोट चरणको ड्र सार्वजनिक भयो, नेपाल जोर्डन्, किर्गिस्तान र ओमान बिरुद्धको निकै अफ्ठेरो समुहमा पर्यो |
यो भन्दा अघिको यु-१६ टोलिले घरेलु मैदानमा बहराइन्, ईराक र टुर्क्मेनिस्तानलाई पछी पार्दै समुहमा अब्बल रह्यो र थाइल्याण्डमा भएको फाइनल चरणको खेलमा दक्षिण एसियाकै एक मात्र नेतृत्व टोली बन्यो |
सायद घरेलु मैदानमा नै साफ यु-१६को फाइनल यात्रा र यु-१६ छनोटको खेल घरेलु मैदानमा खेल्न पाएर होला हेमन्त थापा मगर, बिमल घर्ती मगर, अनन्त तामाङ लगायत को टोलीले प्रसस्त नाम कमाउने अवसर पायो |
मिडियामा कमै आएपनी यसपलिको युवा टोलीलाइ बिमल घर्ती मगरको टोली भन्दा टेकनिकल र अझ राम्रो भन्ने स्ंघ्या प्रसिक्षक र फुटबल बिघ्यहरुले दिए |
बाङ्लादेशमा सम्पन्न यु १६ साफ प्रतियोगिताको सेमी-फाइनलमा भारतबिरुद्ध हार बेहोरेको यो टोलिले आफु भन्दा अघिल्लो ब्याचले कमाएको प्रतिष्ठा जोगाइ राख्न निकै ठुलो चुनौतिको सामना गर्नु पर्ने भयो|
त्यही चुनौतिलाई आत्मसात गर्दै आफुभन्दा कडा मनिएको जोर्डनसँग किर्गिस्तानको मैदानमा उत्रीयो युवा टोली | सुरुवाती समयमा लय समात्न मुस्किल परेको नेपालले खेलको पछील्लो समयमा नियन्त्रण लिदै २-१ को सान्दार जित हासिल गर्यो | त्यही जित संगै नेपालले रेजिन सुब्बाको नाममा नयाँ नायक पायो |
१७ नम्बरको जर्सी लगएर खेल्ने रेजिनले दुबै गोल गर्दै एकाएक चर्चा कमाए | त्यो चर्चा क्षडिक नभएको पुस्टी गर्दै घरेलु टोली किर्गिस्तान बिरुद्ध पहिलो हाल्फमा २-०ले पछी परेको नेपाल, पछिल्लो हाल्फमा ४ गोल गर्दै नतिजा आफ्नो पक्षमा उल्टाउन सफल रह्यो | यो सान्दर जितमापनी रेजिनले १ गोल र १ असिस्ट गर्दै महत्वपुर्ण भूमिका निर्वाह गरे |
चाए बिमल घर्ती मगरकै ब्याच होस या रेजिन सुब्बाकै किन नहोस्, राम्रो लगानी, दुर्दर्शन र आवस्यक प्रशिक्षणमा नेपालको फुटबल भविस्य सुनौलो छैन भन्नसक्ने कमै होलान |
एन्फा लगयत सम्बन्धित निकायले यि भविस्यका गहनाको मुल्यांकन गरी यिनिहरुको प्रतिभा सधुपयोग गर्न सके नेपाली फूटबलले अवस्य सकारात्मक दिशा लिनेछ |
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]
April 30, 2025
एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेग बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बजे सुरु हुनेछ। रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रे उपाधि जितेपछि बार्सिलोना आज राति मोन्टजुइक ओलम्पिक स्टेडियममा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्न मैदान उत्रन लागेको हो। रियललाई हराएपछि बार्सिलोना अहिले उत्साही र […]