default_image

2 years ago

February 17, 2023

बार्सिलोना र म्यानचेस्टरको रोमाञ्चक बराबरी

156 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको राउन्ड अफ ३२ पहिलो लेगमा रोमाञ्चक बराबरी खेलेका छन् ।

बार्सिलोना र युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । दुवै टोलीले एक समय अग्रता लिएर पनि जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो । बार्सिलोनाका मार्काेस अलन्सो र राफिन्हाले गोल गर्दा युनाइटेडका मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

स्पोटिफाई क्याम्प नोउमा बिहीबार राति भएको खेलको सबै चार गोल दोस्रो हाफमा भएको थियो । खेलको ५०औं मिनेटमा मार्काेस अलन्सोले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

तर, बार्सिलोनाको त्यो अग्रता दुई मिनेट पनि टिकेन ५२औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले फ्रेडको पासमा गोल गर्न सफल भएका थिए ।

५९औं मिनेटमा जुल्ड कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा २–१ को अग्रता लिन सफल भयो । रासफर्डको प्रहारलाई जोगाउने क्रममा कुन्डेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

एक गोलले पछि परेपछि बार्सिलोनाले पाहुना टोलीमाथि दवाव बढाउँदै ७६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । आत्मघाती गोल गरेका कुन्डेको पासमा राफिन्हाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

अब दोस्रो लेगको खेल २३ फेब्रुअरीमा युनाइटेडको मैदानमा हुनेछ । अवे गोलको अवधारणा हटेकाले हब जित हात पार्ने टोली नै प्रि–क्वाटरफाइनलमा पुग्नेछ ।

च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएका टोली र युरोपा लिगको समूह चरणमा दोस्रो भएका टोलीले अन्तिम ३२ मा प्रतिस्पर्धा भइरहेको छ ।

आर्सनल, फेनरवाच, रियल बेटिस, युनियन सेन्ट गिलोइस, रियल सोसिडाड, फ्रेइवर्ग, फियोनुर्ड र फेरेन्कभारोस समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगिसकेको छ ।

अन्य नतिजा

साख्तर डोनेक्सविरुद्ध रेनेस (–१)

आयाक्सविरुद्ध युनियन बर्लिन (०–०)

साल्जवर्गविरुद्ध रोमा (१–०)

स्पोर्टिङ सिपीविरुद्ध मिट्जेल्यान्ड (१–१)

लिभरकुसनविरुद्ध मोनाको (२–)

सेभियाविरुद्ध पिएसभी इन्डोभेन (–०)

युभेन्ट्सविरुद्ध नान्टेस (१–१)

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.