default_image

2 years ago

February 16, 2023

आर्सनलले इपिएल जित्नेमा प्रशिक्षक आर्टेटा ‘थप विश्वस्त’

138 views

0 Bookmark

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीसँग हार बेहोरेपछि उपाधि दावेदार आर्सनलले झन्डै ३ महिनापछि लिगको शीर्षस्थानमा पकड गुमायो । तर प्रशिक्षक मिकेल आर्टेटाले सिटीविरुद्ध हारपछि उपाधि जित्नेमा थप विश्वस्त रहेको बताएका छन् ।

बुधबार आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा सिटीले ३-१ को जित दर्ता गर्यो । आर्सनलको कमजोर डिफेन्सको फाइदा उठाउँदै सिटीले सानदार जित दर्ता गरेको थियो । यस खेललाई प्रिमियर लिगको उपाधि भिडन्तको निर्णायक खेलको रुपमा पनि हेरिएको थियो । समान अंक भएपनि सिटीले गोल अन्तरको आधारमा अंक तालिकामा अग्रता लिएको हो ।

प्रशिक्षक आर्टेटाले आर्सनलको प्रदर्शनबाट सन्तुष्टि व्यक्त गर्दै लिग जित्नेमा अझ विश्वास थपिएको बताए । ‘मलाई खेल सुरु हुनुअघि भन्दा अहिले विश्वास बढेको छ । आजको प्रदर्शन र खेलको स्तर हेर्दा मलाई जित हासिल गर्छौं भन्ने लागेको थियो । दोस्रो गोल नहुँदासम्म हामी खेलमा अघि थियौं’, उनले भने ।

‘हामीलाई उनीहरुलाई तीन गोल उपहार दियौं । यो स्तरमा त्यस किसिमको गल्ती गर्नु हुँदैन । हामीले पनि अवसर पाएका थियौं, तर त्यसको सदुपयोग गर्न सकेनौं,’ आर्टेटाले थपे ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.