default_image

2 years ago

February 16, 2023

बेन्जेमा चम्कँदा रियल म्याड्रिडको सानदार जित

249 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको छ ।

रियलले घरेलु मैदानमा इल्चेमाथि ४–० को फराकिलो जित दर्ता गर्दै बार्सिलोनासँगको अंक दुरी ८ मा छोट्याउँदै उपाधि दावेदारी कायमै राखेको हो ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको जितमा कप्तान करिम बेन्जेमाल दुई तथा मार्काे एसेन्सियो र लुका मोड्रिचल समान एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै एसेन्सियोको गोलबाट रियलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले ड्यानियल कार्भाजलको पासमा चार खेलाडीबीचबाट सुन्दर गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । क्रसबाट आएको पासलाई बेन्जेमाले हेडर प्रयास गर्दा एन्जो रोकोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुकेनन् ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्जेमाले पुन पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

रोड्रिगोलाई डिएगो गोन्जालेजसले फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । यसपटक गोलरक्षक एडगर बाडियाले बेन्जेमाको पेनाल्टीको दिशा ठम्याएपनि रोक्न सकेन ।

त्यसपछि परिवर्तित मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६८औं मिनेटमा ड्यानियल सेवालोसको स्थानमा मैदान छिरेका मोड्रिचले पेनाल्टी बक्सभित्रबाट सुन्दर फिनिस गरे ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४८ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । पराजित इल्चे ९ अंक जोडेर पुछारमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.