2 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लबले उज्वेकिस्तानका विंगर सेडजामोल डाभ्लाजोनोभलाई अनुबन्ध गरेको छ ।
कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङले नयाँ सिजनको लागि एसियन कोटामा उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको हो ।
मनाङले बुधबार सामाजिक संजालमार्फत विंगर सेडजामोललाई यो सिजनको लागि अनुबन्ध गरिएको जनाएको छ । २५ वर्षीय विंगर सेडजामोल उज्वेकिस्तानको यू–१९ र यू–२० टोलीबाट खेलिसकेका छन् ।
उनले पछिल्लो समय उज्वेकिस्तानको शीर्ष क्लब एफके कागानाटबाट खेलेका छन् । मनाङले यसअघि क्याटलान क्लब बार्सिलोनाका पूर्व डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरिसकेको छ ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा मनाङले फागुन २० मा हिमालयन शेर्पा क्लबसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]