default_image

2 years ago

February 13, 2023

मनाङमा बार्सिलोनाका पूर्व डिफेन्डर अनुबन्धित हुँदै

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले बार्सिलोनाका पूर्व खेलाडीलाई अनुबन्ध गर्ने भएको छ । सन् २०१४/१५ मा बार्सिलोनाको सिनियर टोलीमा परिसकेका सेनेगलका डिफेन्डर दिवान्दु डियाग्ने नियाङ नेपाल आइसकेका छन् ।

मनाङ मर्स्याङ्दीका उच्च स्रोतका अनुसार क्लबले उनलाई यस सिजनका लागि अनुबन्ध गरेको हो । क्लबले हाल पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । यसै साता क्लबले मकवानपुरमा जारी गोल्डकप खेल्न जाँदैछ । मनाङले प्रतियोगितामा आयोजक मकवानपुर ११ र नव जन जागृति युवा क्लबको विजेतासँग खेल्नेछ । शुक्रबार हुने उक्त खेल डियाग्नेले क्लबका लागि डेब्यु गर्ने सम्भावना छ ।

डियाग्नेले सन् २०१४/१५ सिजनमा बार्सिलोनाको सिनियर टोलीमा नै स्थान बनाएका थिए । उनले कोपा डेल रे अन्तर्गत हुएस्का विरुद्ध ८-१ को जितमा बेन्चमा स्थान बनाएका थिए । तर मैदान प्रवेश गर्न भने पाएनन् । प्रशिक्षक लुइस एनरिकेले उक्त खेलमा गोलरक्षक मार्क आन्दर टेर स्टेगन र डियाग्नेलाई मैदानमा उतारेका थिएनन् ।

डियाग्नेले सन् २०१४ मा क्याटलान क्लबमा अनुबन्धित हुँदै बार्सिलोनाको बी टिमबाट दुई वर्ष खेलेका थिए । उनी सन् २००८ मा कतारको अस्पाएर एकेडेमीमा छनोट हुँदै ४ वर्ष त्यहाँ बिताए । त्यसपछि बेल्जियमको केएएस युपेनमा खेलेका थिए । बार्सिलोना र युपेनमा आवत जावत गरेका उनी सन् २०१९ मा भारतको ओडिसा एफसीमा आएका थिए । सन् २०२२ मा फिन ल्यान्ड पुगेका उनले सुडानको अल हिलालबाट पनि केहि समय खेले ।

डियाग्नेले सेनेगलको यू-१७ र यू-२० टोली हुँदै सन् २०१४ मा सिनियर टोलीबाट डेब्यु पनि गरे । उनले सन् २०१४ मे महिनामा कोलोम्बियाविरुद्ध ९० मिनेट खेलेका थिए ।

मनाङले राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठलाई प्रशिक्षक नियुक्त गरेको छ । मनाङले ए डिभिजन लिगको पहिलो खेलमा श्रेष्ठकै पूर्व क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.