default_image

2 years ago

February 13, 2023

एनआरटी सहिद स्मृतीको पहिलो खेलमै स्तब्ध

202 views

0 Bookmark

दिक्षान्स खड्का, हेटौडा

ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) पाँचौं सस्करणको स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिताको पहिलो खेलमै सोबार स्तब्ध भएको छ । एनआरटी वीरगन्ज युनाइेड क्लबसँग ३–२ ले पराजित हुँदै पहिलो खेलबाट बाहिरिएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा एनआरटीमाथिको जितसँगै वीरगन्ज प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । वीरगन्जले सेमिफाइनल प्रवेशका लागि क्यामरुन टोली एभिनियर एफसीको सामना गर्नेछ । वीरगन्जलाई जित दिलाउन कृपा चौधरीले २ र विवेक चौधरीले १ गोल गरे । एनआरटीका लागि दिनेश आले र ललिनुन जामाले गोल गरे ।

खेलमा अग्रता भने एनआरटीले लिएको थियो । दिनेशको गोलबाट एनआरटीले २३ औं मिनेटमा अग्रता लिएको थियो । विकेकले २९ औं मिनेटमा विवेकले गोल फर्काएका थिए । कृपाको गोलबाट ५० औं मिनेटमा वीरगन्जले अग्रता लिएको थियो भने उनले अर्को गोल ७४ औं मिनेटमा थपे । एनआरटीका लागि ललिनुनले ७८ औं मिनेटमा गोल फर्काए ।

म्यान अफ दी म्याच घोषित वीरगन्जका कृपाले १० हजार रुपैयाँ प्राप्त गरे । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.