2 years ago
February 13, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित हात पार्दा युभेन्ट्सले पनि जित निकालेको छ ।
घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेको हो । नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले गोल गरे ।
डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
६५औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । उनले मिन जाई किमको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे ।
यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ । नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ । पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ । युभेन्ट्सको जितमा पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो ।
१५ अंक नघटाइएको भए युभेन्ट्स अहिले दोस्रो स्थानमा उक्लने थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।
April 20, 2025
एजेन्सी – इङ्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो गोल गरेको बुन्डेसलिगा खेलमा बायर्न म्युनिखले हाइडनहाइमलाई शनिवार ४-० ले हराएको छ। ३१ वर्षीय केनले माइकल ओलिसेको पासमा १२ औं मिनेटमा पहिलो गोल गरे । जारी सिजन लिगमा उनको त्यो २४औं गोल हो। कोनराड लाइमरले १९ औं र किङ्स्ली कोम्यानले ३६औं मिनेटमा गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० […]
April 20, 2025
एजेन्सी – राफिन्हाले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपछि ला लिगाको शीर्ष टोली बार्सिलोनाले सेल्टा भिगोमाथि ४-३ को रोमाञ्चक जित निकालेको छ । डानी ओल्मोलाई पेनाल्टी बक्स भित्र लडाइएको ठहर गर्दै पेनाल्टी दिइएको थियो । इन्ज्युरी समयको आठौं मिनेटमा त्यसलाई ब्राजिलियन फरवार्ड राफिन्हाले गोलमा परिणत गरे। हान्सी फ्लिकको टोली बार्सिलोना ६२ औं मिनेटसम्म ३-१ ले पछि […]
April 19, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनका लागि छनोट हुने आशालाई बलियो बनाएको छ । सिटीले शनिवार एभर्टनलाई २-० ले हरायो । गुडिसन पार्कमा अन्तिम पटक खेल्न पुगेको सिटीले गोलका लागि अन्त्यतिर सम्म संघर्ष गर्यो।८४औं मिनेट निको ओ’रिलीले नजिकबाट गोल गरे । एभर्टनको डिफेन्सले लामो समयसम्म सिटीलाई निराश बनाएको थियो। पहिलो गोलपछि अर्को […]