2 years ago
February 13, 2023
एजेन्सी – खेलको अन्त्यतिर मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।
युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको हो । खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।
एलान्ड रोड लिड्समा आइतबार राति भएको खेलमा घरेलु टोलीले बलियो युनाइटेडलाई ८०औं मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि त्यसपछि रोक्न सकेन । ८०औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए ।
८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । ६१औं मिनेटमा जेडान सान्चोको स्थानमा मैदान छिरेका १८ वर्षीय युवा विंगर गर्नाचोले वोउट वेगह्रस्टको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ । युनाइटेडले एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग २ अंकले तथा दुई खेल कम खेलेको आर्सनलसँग ५ अंकले पछि छ । पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ ।
February 11, 2025
एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]
February 11, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा!रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी टोली भिड्दैछन्। पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक आहा गोल्डकपमा सहभागी भएका हुन्। ब्ल्याक बुल्सले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। थन्डरबोल्टले भने दुई […]
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]