default_image

2 years ago

February 12, 2023

बायर्न र डर्टमुन्ड विजयी

119 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले सफलता हात पारेका छन् ।बायर्न म्युनिखले घरेलु मैदानमा भिएफएल बोचुमलाई ३–० ले पराजित गरेको छ ।

बायर्नको जितमा थोमस मुलर, किङ्सले कोमान र सर्ज नाब्रीले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको ४१औं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो ।

६४औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा सर्ज नाब्रीले पेनाल्टीमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

यस जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २० खेलबाट ४३ अंक पुगेको छ । पराजित बोचुम १९ अंक जोडेर १५औं स्थानमा रहेके छ ।

अर्काे खेलमा बोरुसिया डर्टमुन्डले वेर्डर ब्रेमेनलाई २–० ले पराजित गरेको छ । डर्टमुन्डको जितमा जेमी बाइनोइ जिटेन्सले गोल गरे । यस जितसँगै तेस्रो स्थानमा रहेको डर्टमुन्डको २० खेलबाट ४० अंक पुगेको छ । पराजित ब्रेमेन २७ अंक जोडेर नवौं स्थानमा छ ।

अन्य नतिजा
माइन्जविरुद्ध अग्सवर्ग (–१)
फ्रेइवर्गविरुद्ध स्टुटगार्ट (–१)
होफेनहाइनविरुद्ध लिभरकुसन (१–)
आरबी लाइप्जिगविरुद्ध युनियन बर्लिन (१–)

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.