default_image

2 years ago

February 10, 2023

मेस्सीले च्याम्पियन्स लिग गुमाउने सम्भावना

203 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले युइएफए च्याम्पियन्स लिग अन्तरगत जर्मन क्लब बायर्न म्युनिखसँगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेल गुमाउने सम्भावना बढेको छ ।

चोटका कारण मेस्सीले बायर्न म्युनिखविरुद्धको प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने सम्भावना बढेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जनाएको छ ।

पिएसजी र बायर्नबीचको च्याम्पियन्स लिगको पहिलो लेगको खेल पिएसजीको मैदानमा १४ फेब्रुअरीमा र दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुँदैछ । कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा मार्सेसँग २–१ ले पराजित भएको खेलमा मेस्सीले ह्यामस्ट्रिङको समस्या भोगेका थियो ।

लाइक्युपका अनुसार मेस्सीले यसै साता मोनाकोविरुद्ध हुने फ्रेन्च लिग वानको खेल पनि गुमाउने छन् । तर पीएसजीले फिफा विश्वकप विजेता बायर्नसँगको युइएफए च्याम्पियन्स लिगको भिडन्तको लागि मेस्सी टोलीमा फर्कन सक्ने आशा राखेका छन् ।

प्रशिक्षक क्रिस्टोफ गाल्टिएरलाई मेस्सीले चोटले थप जटिलता थपेको छ । यसअघि पिएसजीले यसअघि चोटकै कारण केलियन एमबाप्पेलाई गुमाइसकेको छ । उनी तिघ्राको चोटका कारण एक महिना मैदान बाहिर छ । उनी बायर्नसँगको दोस्रो लेगमा अघि फर्कने अपेक्षा गरिएको छैन ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.