default_image

2 years ago

February 6, 2023

केनको गोलमा म्यानचेस्टर सिटीको हार

102 views

0 Bookmark

एजेन्सी – फरवार्ड ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

टोटेनहमले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको १५औं मिनेटमा केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । उनले पिएर इमिल होज्वजर्गको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको सिटीले त्यसपछि घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि टोलीको रक्षापङ्ति तोड्न सकेन । यता, टोटेनहमले भने आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

यस जितसँगै पाँचौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक पुगेको छ । पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ । सिटीको २२ खेलबाट ४५ अंक रहेको छ । एक खेल कम खेलेको आर्सनको ५० अंक छ । आर्सनल अझै ५ अंकले अघि छ ।

प्रिमियर लिगकै अर्काे खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ । नटिङहमको जितमा ब्रेननान जोन्सनले १४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै नटिङहम २० खेलबाट २४ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित लिड्स १८ अंक जोडेर १७औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.