2 years ago
February 5, 2023
एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुण्डले १० खेलाडीमा समेटिएको फ्रेइवर्गलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेको हो ।
सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुण्डको जितमा निको स्लाटरबेक, करिम एडियमी, सेवास्टिन हालेर, जुलियन ब्रान्ड्ट र जियोभानी रेनाले गोल गरे । फ्रेइवर्गका लुकास होलेरले एक गोल फर्काए ।
खेलको १७औं मिनेटमा नै पाहुना टोली १० खेलाडीमा समेटिन पुगेको थियो । किलिएन सिलडिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । २६औं मिनेटमा निको स्लाटरबेकले गोल गर्दै डर्टमुण्डलाई १–० को अग्रता दिलाए ।
४५औं मिनेटमा लुकास होलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफमा भने डर्टमुण्डले खेलमा पकड जमाउँदै चार गोल थप्न सफल भयो ।
४८औं मिनेटमा करिम एडियमीले गोल गर्दै डर्टमुण्डलाई खेलमा २–१ ले अघि बढाए । उनले जुड बेलिङहमको पासमा गोल गर्न सफल भएका थिए ।
५१औं मिनेटमा सेवास्टिन हालेरले गोल गरेपछि डर्टमुण्ड सहज जिततर्फ अग्रसर बन्यो । टेस्टिकुल क्यान्सरबाट निको भएपछि तीन साताअघि खेलमा फर्किएका वेस्ट ह्याम युनाइटेडका पुर्व फरवार्डले पहिलो गोल गर्न सफल भएका हुन् ।
एर्लिङ ब्राउट हालान्डको प्रतिस्थापनको रुमा डर्टमुण्डले अनुबन्ध गरेको केही दिनपछि नै उनलाई क्यान्सर पुष्टि भएको थियो । त्यसपछि उनको दुई शल्यक्रिया गरिएको थियो । २८ वर्षीय हालेरको गत नोभेम्वरमा चार राउण्ड केमो थेरापी र शल्यक्रिया गरिएको छ ।
‘म पहिलो दिनदेखि नै यो क्षणको लागि पर्खिरहेको छु । जब मैले गोल गरें, सम्पूर्ण स्टेडियममा आगो लागेको जस्तो लाग्यो ।’ हालेरले भने, ‘म खुसी छु, तर बाटो अझै लामो छ, त्यसैले हामी हिँडिरहनेछौं र थप लक्ष्यहरूको लागि आशा राख्नेछौं ।’
हालेर जनवरी २२ मा अग्सबर्गविरुद्धको घरेलु लिगमा ४–३ को जित निकालेको खेलबाट मैदान फर्किएका थिए । ६९औं मिनेटमा जुलियन ब्रान्ड्टले गोल गरेपछि डर्टमुण्ड खेलमा ४–१ ले अघि बढ्यो ।
७७औं मिनेटमा फ्रेइवर्गका प्रशिक्षक क्रिस्टियन दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाएर टचलाइन छाड्न बाध्य बने । ८२औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै डर्टमुण्डलाई ५–१ को सानदार जित दिलाए ।
यस जितसँगै डर्टमुण्ड १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित फ्रेइवर्ग ३४ अंक जोडेर छैटौं स्थनमा छ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]