default_image

8 years ago

December 30, 2016

महिला साफ २०१६: नेपालविरुद्ध श्रीलंका : प्रत्यक्ष अपडेट

69 views

0 Bookmark

नेपाल १ -० श्रीलंका

नेपाली समय: २:१५

सिलगुढी, भारत

दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला । 

2

सुरुआती ११

नेपाल: अन्जना राना मगर(किपर); गिता राना, पुनम जार्झा मगर, हिरा कुमारी भुजेल, मनमाया लिम्बु; अनिता बस्नेत, रेणुका नगरकोटी(कप्तान), दिपा राई, मन्जली कुमारी योन्जन; शर्मिला थापा, साबित्रा भण्डारी

श्रीलंका: शानिका (किपर); छाथुरिकम्दुशानि, गुनवार्दना, सलोमि, इमेशा, ईरान्दि, जनिथा, कुमुदुनि; थुसनिमदुशानि, करुणारथ्ना, मादुकी

९०’ नेपालको किपर परिवर्तन, अन्जनको स्थानमा एन्जिला प्रवेश , तीन मिनट समय थप गरिएको छ ।

८८’ सपना लामाले हनेको कर्नर श्रीलंकाको डिफेन्डरको खुट्टामा थोकिएर गोल लाईन  क्रस गरेको छ । नेपाल एक गोलले अगाडी 

८०’ सबित्राले बक्स बाहिरबाट गरेको प्रहर सिधै श्रीलंकाको किपरको हातमा

७६’ सरु लिम्बुले बक्स भित्र दिएको बल सबित्राले प्रहार गर्दा बिपक्षी किपरले सजिलै नियन्त्रणमा लिएकी छिन ।

७१’  साबित्राले जाली चुमाएको बल सहायक रेफ्रीले अफ साईडको इसारा गरेका छन ।

७१’ नेपालको दोस्रो परिवर्तन: शर्मिला थापाको स्थानमा सरु लिम्बु

५७’ मन्जलिले राइट साइडबाट गरेको क्रसमा गीता रानाको हेडर बाहिरिएको छ ।

५४’ नेपालको खेलाडी परिवर्तन: अनिता बस्नेतको स्थानमा सपना लामा

दोस्रो हाल्फ सुरु

गोल रहित पहिलो हाल्फ समाप्त भएको छ ।

पहिलो हाल्फमा ३ मिनट समय थप गरिएको छ । 

४१’ साबित्रा भण्डारीले २० यार्डबाट प्रहार गरेको बल सिधा श्रीलंकाली किपरको हात मा

३८’ दिपा राईको क्रस शर्मिलाले भेट्न नसकेपछी नेपालले गोल गर्ने मैका गुमाएको छ । शर्मिलाले ६यार्ड बक्स भित्रबाट गोल गर्ने मौका गुमाइन ।

३२’ मनमाया लिम्बुले प्रहार गरेको फ्रीकिक श्रीलंकाको डिफेन्डरद्वारा क्लियर, अनिताले प्रहार गरेको कर्नर फितलो ।

२८’ मन्जलीले क्रस गरेको बल रेनुकाले राम्ररी नियन्त्रण गर्न नसक्दा गतिलो प्रहार हुन सकेन ।

१३’ दिपा राईको पासमा शर्मिलाले बक्स भित्रबाट प्रहार गरेको बल बाहिरिएको छ ।

७’ साबित्राको पासमा मन्जलीले ३०यार्डबाट गरेको प्रहर पोस्ट माथिबाट बहिरियो ।

४’ अनिताले क्रस गरेको बल साबित्राले भेट्नु अगिनै श्रीलंका डेफेन्डर क्लिएर गरेका छन ।

१’ खेल सुरु भएको छ ।

-सयौ थुङा फुलका हामी एउटै माल नेपाली, नेपालको राष्ट्रिय धुन बज्दै । दुबै देशको धुन बजी सकेको छ ।

– फिफा धुन बज्दै, दुबै टिमका खेलाडिहरु मैदान प्रवेश गर्दैछन ।

– खेल सुरु हुन २० मिनट बांकी , खेलाडिहरु खेलका लागि तयार हुन ड्रेसिङ रुममा प्रवेश

– खेलको लागि ३० मिनट बांकी, खेलाडिहरु वार्मअप गर्दै

माल्दिभ्स बिरुद्धको खेल चोटका कारण गुमाएकी मनमाया लिम्बुले आज अन्चली वाइवाको स्थानमा सुरु गर्ने छिन भने आज टिमको सबै भन्दा कान्छी उमेर कि खेलाडी अन्जना राना मगरले पनि सुरु गर्ने छिन ।  मलेसिया बिरुद्ध डेब्यु गरेकी अन्जनाको यो दोस्रो खेल हो ।

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

September 22, 2024

पिएसजी र रेम्सले बराबरी खेले

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेम्ससँग बराबरी खेलेको छ । रेइम्सको मैदानमा आइतवार भएको खेलमा १-१ को बराबरीमा टुंगिएको हो। पिएसजीका लागि औसमाने डेम्बेले बराबरी गोल फर्काएका हुन्। केइटो नाकामुराको गोलमा रेम्सले नवौं मिनेटमा अग्रता बनाएको थियो । ६८औं मिनेटमा डेम्बेलेले बराबरी गोल गरे । बराबरीपछि पनि पिएसजी ५ खेलबाट १३ […]

September 22, 2024

रियलको सहज जित

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो। घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो […]

Success

Thank you for your time.