2 years ago
January 31, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले इटालियन क्लब युभेन्ट्सका अमेरिकी मिडफिल्डर वेस्टन म्याकेनीलाई लोनमा अनुबन्धित गरेको छ ।
लिड्सले अमेरिकी मिडफिल्डर म्याकेनीलाई सिजनको अन्त्यसम्मको लागि लोनमा अनुबन्ध गरेको हो । २४ वर्षीया वेस्टनलाई लिड्सले जनवरी ट्रान्सफरको अन्तिम समयतिर क्लबमा आबद्ध गरेको हो । लिड्सले सिजनको अन्त्यपछि स्थायी खेलाडी बनाउन पाउने पनि सम्झौता छ ।
म्याकेनीले यो सिजन युभेन्ट्सका लागि २१ खेलमा ३ गोल गरेका छन् । जनवरी ट्रान्सफरमा म्याकेनी लिड्समा अनुबन्ध हुने तेस्रो खेलाडी हो । यसअघि लिड्सले म्याक्स वोबर र जर्जिनियो रुटरलाई अनुबन्ध गरिसकेको छ ।
म्याकेनीलाई अनुबन्ध गर्न प्रिमियर लिगका शीर्ष टोलीले पनि चासो देखाएका थिए । तर उनले लिड्स रोजेका हुन् । उनका अमेरिकी सहयात्री टेलर एडम्स र ब्रेन्डन आरोन्सनले प्रिमियर लिग खेल्छन् ।
अब म्याकेनीले नटिङहम फरेस्टसँग आगामी आइतवार प्रिमियर लिग खेलबाट लिड्सबाट डेब्यु गर्नेछन् । म्याकेनीले अमेरिकाबाट ४१ क्याप जित्दा ९ गोल गरेका छन् । कतार विश्वकप २०२२ मा अमेरिका प्रि–क्वाटरफाइनलमा पुग्दा उनले सबै चार खेलमा सुरुवात गरेका थिए ।
म्याकेनी सन् २०२० मा जर्मन क्लब साल्केबाट लोनमा जुभेन्ट्समा सामेल भएका थिए । त्यसको एक सिजनपछि उनी युभेन्ट्समा स्थायी खेलाडी बनेका थिए । उनले युभेन्ट्सबाट ६५ खेल खेल्दा ८ गोल गरेका छन् ।
January 4, 2025
लमजुङ (हाम्रो खेलकुद) – पहिलो सहभागितामै विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब ३२औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन पटकको च्याम्पियन बुद्ध युवा क्लब (बिवाइसी) भोेटेवडार लमजुङलाई शनिवार टाइब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा २–२ गोलको […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबले जितबाट एन्फा महिला लिगको अन्तिम चरणको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शनिवार एपिएफले बागमती युथ क्लबलाई ५-१ ले हरायो । पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् । एपिएफकी सविता राना मगर […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज पनि एक खेल हुँदैछ । बागमती युथ क्लबले दोस्रो चरणमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो १२ बजे सुरु हुनेछ । कोशी प्रदेशले अन्तिम चरणको लिगबाट नाम फिर्ता लिएपछि छैटौं स्थानको बागमतीले लिगमा मौका पाएको थियो […]