8 years ago
December 30, 2016
दिपक बोहोरा ,पाँचथर
पुर्वाञ्चलमा जारी सातै राष्ट्रिय खेलकुलको समापनको दिन पाँचथरको सदरमुकाम फिदिममा आजदेखी पुर्वि पहाडकै प्रतिष्ठत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आठौँ संस्करण सुरु हुने छ ।
फिदिम उच्च मा.बि को खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता नेकपा माओबादि केन्द्रका नेता तथा सांसद एवम स्थानिय बिकास राज्य मन्त्री माननिय श्रीप्रसाद जबेगुले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनु भयो ।आठौँ फाल्गुनन्द गोल्डकपको लागी सदरमुकाम फिदिमलाइ सिंगारीएको छ ।
दर्शकको सुबिधालाई ध्यानमा राखि बाँसको अस्थाई प्यारापिट निर्माण गरिएको छ । फिदिम उच्च मा.बि को खेलमैदान बिहानको ११ बजे उद्घाटन कार्यक्रम रहेको आयोजकले बताए । भोली हुने उद्घाटन खेल आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर र हिमकस्तुरी क्लब सिराहा ११ बिच हुने छ । पुस १५ गतेबाट सुरु भएको प्रतियोगिता पुस २४ गते सम्म सञ्चालन हुने छ । सो प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार र द्धितिय हुने टिमले १ लाख ५० हजार प्राप्त गर्ने छन ।
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]