2 years ago
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अनन्तराज थापा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपलगत्तै कुमार थापाले राजानिमाको घोषणागरेयता राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक पद खाली थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई मुख्य प्रशिक्षक आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्त पत्र हस्तान्तरण गरेका थिए । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापा ए डिभिजन टोली नेपाल पुलिस क्लबका प्रशिक्षक हुन् । उनलाई एन्फाले पहिलो पटक महिला टोलीकाुे मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
त्यस्तै पूर्व राष्ट्रिय खेलाडी गंगा गुरुङ महिला टोलीको सहायक प्रशिक्षक तथा सुरजकुमार लामा गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । एन्फाले मैत्रीपूर्ण श्रृखंलाका लागि बिन्द्रा देवानलाई व्यवस्थापक नियक्त गरेको छ । फागुन १ देखि १३ गते सम्म नेपाल र भारतीय राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]