2 years ago
January 27, 2023
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ ।
विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन ।
खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन । यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो ।
१५ अौं मिनेटमा रोमारिन्हो र ४३ अौं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाए । ६७ अौं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे ।
यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो । विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए । लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो । तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो ।
विहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हरायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ ।
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज एक खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो चरणको लिगमा पुलिस तेस्रो स्थानमा रहेको थियो । वालिङले […]
January 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा अर्को महिना सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ १० गतेदेखि हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी गरि १० पुरुष टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार […]
January 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। विमला चौधरीको २ गोलमा आर्मीले बागमती युथ क्लबलाई २-० ले सहज नतिजामा पराजित गर्यो।एन्फा कम्प्लेक्समा भएको खेलमा बागमती विरुद्ध २५औं मिनेटमा नै आर्मीले अग्रता बनायो। विमला विकको लामो पासमा विमला चौधरीले किपर अगाडि बढेको बेला उत्कृष्ट […]