2 years ago
January 26, 2023
एजेन्सी – वेल्सका पूर्व कप्तान तथा रियल म्याड्रिडका पूर्व स्टार ग्यारेथ बेलले गत महिना व्यावसायिक फुटबलबाट सन्न्यास लिए । अपेक्षा गरे अनुसार नै उनले आफ्नो गल्फप्रतिको मोहलाई पूर्ण करिअरकै रुपमा अघि बढाउने निर्णय गरे ।
बेलले यसअघि पटक पटक आफ्नो गल्फप्रतिको मोह सार्वजनिक रुपमा नै जाहेर गरेका छन् । विशेषगरी उनले वेल्सबाट खेल्दा एकपटक ‘वेल्स। गल्फ। म्याड्रिड। इन द्याट अर्डर’ अर्थात् प्राथमिकता अनुसार पहिला वेल्स, अनि गल्फ र त्यसपछि मात्र म्याड्रिड लेखेको ब्यानरमा हाँस्दै फोटो खिचेका थिए । त्यसले रियल म्याड्रिड वृत्तमा आक्रोश छाएको थियो । रियल छाडेर लोनमा एक सिजन टोटेनहम आएका बेलले अन्त्यमा लस एन्जेलस एफसी बाट करिअर बिट मारे ।
गल्फ करिअर पूर्ण रुपमा सुरु गर्ने लक्ष्यमा रहेका बेलको खेल कौशल देखेर विश्व नम्बर ३ जोन राह्म अचम्मित परेका छन् । सन् २०२१ को युएस ओपन विजेता राह्मले यसै साता हुने पिजिए टुर अन्तर्गतको फार्मर्स इन्सुरेन्स ओपनअघि प्रो-एममा बेलसँग खेले । त्यसक्रममा राह्मले बेलको खेल हेर्दै प्रशंसा गरे ।
राह्मले खेलेपछि भने, ‘म बेलको खेलबाट प्रभावित भएँ । कुनै खेलाडी व्यावसायिक फुटबल र गल्फ दुवैमा यो स्तरमा खेल्न सक्छ । यो सम्भव छैन ।’
‘कोहि एक खेलमा पूर्ण रुपमा लाग्दा लाग्दै पनि गल्फमा यो स्तरको खेल प्रस्तुत गर्न सक्छ, यो न्यायपूर्ण भएन,’ स्पेनिस गल्फरले भने ।
बेलले खेलका क्रममा कुनै सल्लाह नमागेको राह्मले बताए । ‘मलाई उनले केहि पनि सोधेनन् । सोध्नु पर्ने जस्तो पनि लागेन । उनी राम्रो खेलाडी रहेछन् । अझ अब त उनले प्रशिक्षणका लागि समय पाउनेछन् । अझ राम्रो हुने विश्वास छ,’ राह्मले भने ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]